काठमाडौँ – प्रभु बैंकले कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २, १३ र २६ मा एकैसाथ ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


बुधबार पोखरा महानगरपालिकाको वडा नं. २ स्थित हरिचोक शाखा कार्यालयको बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ती शेरचनले एक समारोहका विच समुद्घाटन गरे। यस्तै वडा नं. १३ स्थित बाँझापाटन शाखा कार्यालयको उक्त वडाका वडाध्यक्ष लेख बहादुर तामाङ्ग र वडा नं. २६ स्थित अर्घौंचोक शाखा कार्यालयको लेखनाथ उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष बलराम ढकालले उद्घाट्न गरेका हुन्।


ADVERTISEMENT

# # #


उक्त अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतका उपस्थिति रहेको थियो । बुधबार सञ्चालनमा आएका शाखाबाट सेवाग्राहीहरुले अत्याधुनिक प्रविधिसहित गुणस्तरीय बैंकिङ्ग सेवा प्राप्त गर्ने बैँकले जनाएको छ ।

पोखरा महानगरपालिकाकामा सञ्चालनमा ल्याएका थप ३ वटा शाखा कार्यालयहरु पश्चात् अब प्रभु बैंकको शाखा कार्यालय संख्या २०८ पुगेको छ । यस्तै बैँकले हालसम्म १५७ वटा एटीएम ४३ वटा एक्स्टेन्सन काउण्टरहरुको सञ्जालसहित देशका विभिन्न १७ स्थानमा शाखारहित बैंकिङ्ग सेवा बाट सेवा प्रदान गरिरहेको छ ।