काठमाडौँ – प्रभु बैंकले मोरङको विराटनगर महानगरपालिकास्थित वडा नं ०४ यातायात व्यवस्था कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्स्टेन्सन काउण्टरको बुधबार विराटनगरका यातायात व्यवस्थास्था कार्यालयका प्रमुख यातायात अधिकृत रबिन कार्कीले उद्घाटन गरे ।


ADVERTISEMENT


नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले यातायात ब्यबस्थापन कार्यलयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित यातायातव्यवस्थापन कार्यलयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र यातायात व्यवस्थापन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।


ADVERTISEMENT

# # #


प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १५७ वटा एटीएम, ४४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।