काठमाडौं – नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अझ गतिशील र सशक्त बनाउन आफुले प्रभावकारी भूमिका खेल्ने बताए ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टीको उपसभापति पदमा उम्मेदवार दिएका नेता पाण्डेले नयाँको जोस–जाँगर र पुराना नेताहरुको अनुभवलाई मिलाएर कांग्रेसलाई अझ गतिशील, सशक्त बनाउन आफु प्रतिवद्ध रहेको बताएका हुन् । उनले पार्टीलाइ बलियो बनाउने गगन कुमार थापाको अभियानलाई साथ दिन चाहेको स्पष्ट पारे ।

गण्डकी प्रदेशको मुख्यमन्त्री भएपछि यातायात व्यवसायीहरूसँगको सहकार्य, प्रविधिको प्रयोग र यातायात क्षेत्रलाई अझ मर्यादित एवम् परिष्कृत बनाउन आफुले काम गरेको उनले बताए ।