बुटवल – पछिल्लो समय उच्च संख्यामा कोरोना भाइरस संक्रमित देखिन थालेपछि कपिलवस्तु जिल्ला शील गर्ने निर्णय भएको छ । कोरोनाको जोखिम उच्चभएपछि जिल्ला सुरक्षा समिति बैठकले आज साँझ ५ बजेदेखि जिल्लालाई शील गर्ने निर्णय गरेको हो ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौड्यलद्वारा जारी सूचनामा आज साँझ ५ बजेदेखि जेठ ५ गते १२ बजेसम्म शील गर्ने निर्णय भएको उल्लेख छ।
भारतबाटै आएकाहरुमा कोरोना संक्रमण भेटिएपछि सुरक्षा समितिले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको छ । तरकारी किनमेलको लगि बिहान ७ बजेदेखि ९ बजेसम्म तोकिएको छ ।
कपिलवस्तुमा आज १० जना नयाँ कोरोना संक्रमित भेटिएका थिए । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।