काठमाडौँ– लामो समयदेखि मुलधारको पत्रकारितामा सक्रिय पवन भट्टराईले म्यूजिक भिडियोमार्फत आफ्नो रंगमञ्चको यात्रा प्रारम्भ गरेका छन् । घायल चरी बोलको गीत हालै बुढासुब्बा डिजिटल प्रालीको यूट्यूब च्यानलमार्फत सार्वजनिक भएको छ ।
भट्टराईले विकास संगम राईको रचना र स्वरमा रेकर्ड भएको गीत घायल चरी एल्बमको टाईटल गितको म्यूजिक भिडियोमा अभिनय गरेर आफ्नो रंगमञ्चको यात्रा सुरु गरेका हुन ।
साजन राईको संगित रहेको म्यूजिक भिडियो निकै नै राम्रो रहेको प्रतिक्रिया दर्शकबाट आइरहेको छ । आधा दर्जन म्यूजिक भिडियोको सफल निर्देशन गरिसकेका चर्चित निर्देशक आकाश उखेडाले निर्देशन गरेको सो म्यूजिक भिडियोमा निःस्वार्थ मायामा रहेका एक युवकले आफ्नी प्रेमिकाको उज्वल जीवनको लागि आफ्नो आँखा दान गरेपनि प्रेमिकाले प्रेमको महत्व नबुझेको भाव दर्शाईएको छ ।
भिडियोमा सञ्चारकर्मी पवन भट्टराई, सञ्चिता शाही र विकास संगम अभिनय रहेको छ ।
खोटाङगे गायक राई र खोटाङगे सञ्चारकर्मी एवम् नव मोडल भट्टराई लगायतका नयाँ टिम नथ्थीबाली बोलको गीत मार्फत पुनः दर्शक माँझ आउने तयारीमा छन् ।