काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ११२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् । यस्तै १ हजार १२० जनामा संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १२ हजार ८७९ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ७ लाख १८ हजार ४ सय ३९ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ६ हजार ७६६ जना रहेका छन् भने १८ हजार १ सय ८ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ७ हजार ६ सय १५ जना होम आइशोलेसनमा रहेका छन् भने १० हजार ४ सय ९३ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या २३ हजार २९० जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ५६ प्रतिशत हो ।

कुल संक्रमित मध्ये २५१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ ।