काठमाडौँ – अब साधारण शेयर (आईपीओ)को नतिजा तीनवटा वेबसाइटमा मात्रै हेर्न पाइने भएको छ ।


ADVERTISEMENT


नियामक निकाय सीडीएससीले मेरो शेयर, सम्बद्ध कम्पनीको वेबसाइट र बिक्री प्रबन्धक (ब्रोकर) को वेबसाइटबाट मात्र हेर्न मिल्ने व्यवस्था गरेको हो । यसअघि विभिन्न समाचार पोर्टलहरुले समेत आइपीओको नतिजा देखाउँदै आएको थिए ।


ADVERTISEMENT

# # #


तर, निजी कम्पनी तथा समाचार पोर्टलहरूलाई सीडीएसीले गैरकानुनी रूपमा लगानीकर्ताको डिम्याट खाताको गोप्य विवरण दिएको भन्दै विरोध भएपछि ती पोर्टल तथा वेबसाइटमा नतिजा प्रकाशनमा रोक लगाइएको हो ।

नतिजा प्रकाशनको रोक शुक्रबारदेखि नै लागू हुने सीडीएससीका प्रवक्ता शुरेस न्यौपानेले जानकारी दिएका छन् । शुक्रबार बिहान महिला लघुवित्तको आईपीओ बाँडफाँड हुँदैछ । उक्त आइपीओको नतिजा अब मेरो शेयर, सम्बद्ध कम्पनीको वेबसाइट र बिक्री प्रबन्धक (ब्रोकर) को वेबसाइटबाट मात्र हेर्न पाइने छ ।