काठमाडौँ– उप–प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधनका बारेमा आफ्नो पार्टीको पूर्ववर्ती अडान यथावत् रहेको बताएका छन् ।


ADVERTISEMENT


पार्टीले स्थानीय तहको निर्वाचनका लागि दृष्टिगत गरेर केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘अनुशिक्षण कार्यक्रम’ मा उनले भने– “सीमाङ्कनको विषय स्थानीय चुनावसँग सरोकार नराख्ने भएकाले यसलाई थाँती राखेर अगाडी बढ्नुपर्दछ ।”


ADVERTISEMENT

# # #


उपप्रधान एव्म सङघीय मामिला तथा स्थानीय विकासमन्त्रीसमेत रहेका अध्यक्ष थापाले भाषा, राष्ट्रिय सभामा प्रतिनिधित्वका विषयलाई सामान्य परिमार्जनसहित अगाडि बढाउन सकिने विचार व्यक्त गरे ।

“संविधान कार्यान्वयन गराएर मुलुकलाई निकास दिनु अहिलेको राष्ट्रिय आवश्यकता हो” उनले प्रजातान्त्रिक अभ्यास गर्ने सबैभन्दा उपयुक्त माध्यम निर्वाचन भएकाले यसवाट कोहि पनि टाढा रहनु हुन्न, यसका लागि सरकार हदैसम्म लचकदार बन्न तयार छ, त्यसैले मुलुकलाई बचाउन र बनाउन सबै तिक्ततालाई चटक्कै बिर्सी निर्वाचनमा होमिन सबैसंग आग्रह गरे ।

अध्यक्ष थापाले स्थानीय चुनावका लागि स्थानीय तहमा आवश्यक वातावरण तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै त्यसका लागि काठमाडौँ छाडेर सम्बन्धित जिल्लामा चाँडो जान केन्द्रीय नेतालाई आग्रह गरे ।

उनले प्रधानमन्त्रीसँग आज भएको भेट तथा छलफलका बारेमा ७५ वटै जिल्लाका केन्द्रीय नेतालाई जानकारी गराएको पार्टीका सह–प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।