काठमाडौँ– राष्ट्रिय परीक्षा कक्षा १२ को परीक्षा नरोकिने जनाएको छ । बोर्डले स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै भएपनि निर्धारित समयमा नै कक्षा १२ का अन्तिम वार्षिक परीक्षा सञ्चालन गर्ने जनाएको हो ।
पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढे पनि उपयुक्त मापदण्डको पालना गर्दै निर्धारित समयमै परीक्षा सञ्चालन गर्नु उचित हुने बोर्डको भनाई छ ।
बोर्डका अनुसार, साउन ३१ बाट सञ्चालन हुन लागेको परीक्षा कोभिड–१९ को महामारी र जोखिमलाई मध्यनजर गर्दै एक परीक्षार्थी एक बेन्च र शंका लागेका विद्यार्थीलाई छुट्टै राखेर सञ्चालन गरिनेछ । यसका साथै एउटा कक्षा कोठामा बढीमा २५ भन्दा बढी विद्यार्थी राखिनेछैन भने परीक्षा केन्द्रमा पनि एक दिनमा १५० भन्दा बढी विद्यार्थीलाई सहभागी नगराइने बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बताए ।
उनका अनुसार, एउटा कक्षा कोठामा बढीमा २५ भन्दा बढी विद्यार्थी राखिनेछैन भने परीक्षा केन्द्रमा पनि एक दिनमा १५० भन्दा बढी विद्यार्थीलाई सहभागी नगराइने छैन । यसका लागि बोर्डले चार हजार ३३५ वटा परीक्षा केन्द्र तोकेको उनले बताए ।