काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट जीवनबहादुर शाही सहमहामन्त्री (पिछडिएको क्षेत्रतर्फ) मा निर्वाचित भएका छन् ।

निर्वाचन पोर्टलमा उल्लेखित मतपरिणामअनुसार शाहीले ३ हजार ९ सय ६ मत प्राप्त गर्दै पदमा निर्वाचित भएका हुन् । उनले प्रतिस्पर्धामा रहेका जनकराज गिरी, नारायणप्रसाद भट्टराई, राजन कुँवर र रामबहादुर विष्टलाई पछि पारेका छन् ।


ADVERTISEMENT

# #


शाहीका निकटतम प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३ सय ७० मत प्राप्त गरेका छन् । यद्यपि, निर्वाचन समितिले मतपरिणामको आधिकारिक घोषणा गरिसकेको छैन ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटवालका अनुसार मतगणना सम्पन्न भइसकेको छ भने मतपरिणाम यकिन गर्ने काम भइरहेको छ ।


ADVERTISEMENT

#
#


कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाही यसअघि १४औँ महाधिवेशनमा पनि सहमहामन्त्री (पिछडिएको क्षेत्रतर्फ) कै उम्मेदवार बनेका थिए । तर, त्यसबेला उनी बद्रीप्रसाद पाण्डेसँग पराजित भएका थिए ।

पहिलो प्रयासमा सफलता हात पार्न नसकेका शाही दोस्रो पटकको प्रतिस्पर्धामा सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् ।