काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकले ‘स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८’ लाई सर्वसम्मतिले पारित गरेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकलाई पारित गरियोस् भन्दै बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए ।


ADVERTISEMENT

# # #


सो विधेयकलाई पारित गर्नुपूर्व बैठकमा विधेयक उपर विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल भएको थियो । विधेयकमाथिको छलफलमा भाग लिँदै नेकपा एमालेका सांसद कोमल वलीले आफ्नो धारणा राखेका थिए भने छलफलमा उठेका प्रश्नहरुको मन्त्री कार्कीले जवाफ दिएका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही साउन २७ गते बुधबार दिनको १ बजे बस्ने छ । रासस