उदयपुर- उदयपुरको छुट्टा छुट्टै दुई स्थानबाट १ हजार ९९ किलो ८४० ग्राम गाँजा बोकेको २ वटा पिकअप गाडी सहित ओसार पसारमा संलग्न १ जनालाई पक्राउ गरिएको छ ।

असोज २६ गते विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका-१ चारघरे स्थितमा संकित अवस्थामा सडक छेउमा रोकी राखेको बा. १४ च २२५५ नम्बरको बोलेरो पिकअप गाडीको डालामा २९ वटा बोरामा प्याकगरी राखेको अवस्थामा ९४० किलो ४४० ग्राम गाँजा बरामद गरेको थियो ।


ADVERTISEMENT

# #


त्यसैगरी बेलका नगरपालिका-५ देउराली स्थितमा प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्र. १-०२-००२ च ५२९० नम्बरको पिकअप गाडीमा धानको भुसको बोरामा लुकाई छिपाई राखेको १ सय ५९ किलो ४०० ग्राम गाँजा सहित चालक सप्तरी सप्तकोशी नगरपालिका-८ का २८ वर्षिय पशुपति साफीलाई पक्राउ गरेको छ । ओसार पसारमा संलग्न अन्य व्यक्तिहरुको खोजतलास भईरहेको छ ।