काठमाडौं – नेपाल टेलिकमले ग्राहकका लागि विभिन्न आकर्षक भ्वाइस, डाटा तथा कम्बो प्याकेजसहितको ‘अटम अफर २०८३’ सञ्चालनमा ल्याएको छ ।

कम्पनीले असोज २६ गतेदेखि लागू हुने गरी नयाँ प्याकेज तथा विभिन्न सुविधाहरू उपलब्ध गराएको हो । नेपाल टेलिकमका अनुसार नयाँ अफरअन्तर्गत अल नेट भ्वाइस प्याकमा ३५ रुपैयाँदेखि २९९ रुपैयाँसम्मका प्याकेज उपलब्ध छन् । ३५ रुपैयाँमा १०१ मिनेट, ४९ रुपैयाँमा १११ मिनेट, ९८ रुपैयाँमा २२२ मिनेट, १८९ रुपैयाँमा ३३३ मिनेट र २९९ रुपैयाँमा ६६६ मिनेटको भ्वाइस प्याक प्रयोग गर्न सकिनेछ ।


ADVERTISEMENT

# #


यी प्याकेजको समयावधि क्रमशः एक दिन, तीन दिन, सात दिन, ३० दिन र ३० दिन रहेको कम्पनीले जनाएको छ । त्यस्तै, ‘सजिलो अनलिमिटेड’ प्याकअन्तर्गत ६९९ रुपैयाँमा ३० दिनसम्म अनलिमिटेड अल नेट भ्वाइस, ३० जीबी डाटा र २०० वटा अल नेट एसएमएस उपलब्ध हुनेछन् । यसैगरी, १ हजार ४९९ रुपैयाँको प्याकेजमा ३० दिनसम्म अनलिमिटेड अल नेट भ्वाइस, ६०० जीबी डाटा र ३५० वटा अल नेट एसएमएस प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

पोस्टपेड प्रयोगकर्ताका लागि पनि ३७३ रुपैयाँको मासिक रेन्टल शुल्कमा विभिन्न भ्वाइस, डाटा तथा कम्बो प्याकेज उपलब्ध गराइएको छ । कम्पनीले भ्वाइस तथा डाटा प्याकेजका अतिरिक्त बन्डल्ड प्याक, एडअन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक र एफटीटीएच प्याकेजलगायतका सेवा पनि उपलब्ध गराएको जनाएको छ । फरक क्षमता भएका व्यक्तिका लागि छुट्टै प्याकेजको व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

#
#


ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरी वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरेर विभिन्न प्याकेजबारे जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् । त्यसैगरी, कम्पनीको आधिकारिक वेबसाइट www.ntc.net.np बाट पनि प्याकेजसम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ ।

नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा नयाँ अफरले ग्राहकलाई आवश्यकता र सुविधाअनुसार विभिन्न भ्वाइस तथा डाटा प्याकेज छनोट गर्न सहज हुने उल्लेख गरिएको छ ।