काठमाडौँ – प्रतिनिधिसभामा उत्पन्न गतिरोध अनत्य गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसदभवको ल्होत्से हलमा बैठक सुरु भएको हो ।


ADVERTISEMENT


बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुको उपस्थिति रहेको छ । यद्दपी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने बैठकमा उपस्थित भएको छैन । सभामुखले प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीलाई बैठकमा आउनका लागि आइतबार नै पठाएको पत्र पठाएका थिए ।


ADVERTISEMENT

# # #


बैठकमा संसदमा जारी अवरोध हटाउने र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जनाएका छन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपस्थित छन् ।

तस्बिर : रासस

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेपाल मजदुर किसानका पार्टीका सचिव प्रेम सुवाल र कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत बैठकमा सहभागी रहेका छन् ।

एमालेले पार्टीले माधव कुमार नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गर्नेगरी गरिएको कारबाही सभामुख सापकोटाले सदर नगरेको भन्दै लगातार संसद बैठक अवरुद्ध गरिरहेको छ ।