बीबीसी – ब्राजिलमा राष्ट्रपतिलाई पदबाट हटाउनका लागि लाखौं मानिसले सडकमा प्रदर्शन गरेका छन् । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोको विरुद्धमा लाखौं मानिस सडकमा उत्रिएका हुन् ।
ब्राजिलमामा चुनाव हुन एक एक वर्ष बाँकी रहेको छ । चुनाव अघावै विपक्षी दल र ट्रेड युनियनहरूले ब्राजिलका राष्ट्रपतिको विरोधमा प्रदर्शन र आगजनी गरी सडक तताइरहेका छन् ।
ब्राजिलका धेरै नागरिक महामारी व्यवस्थापनसम्बन्धी राष्ट्रपतिको भूमिकाप्रति आक्रोशित छन् । ब्राजिलमा कोभिड–१९ महामारीका कारण ६ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
शनिबार देशका १६० भन्दा बढी सहर तथा नगरहरूमा प्रर्दशन गरिएको थियो । प्रदर्शनकारीहरूले बोल्सोनारोको निष्कासनको माग गरेका थिए ।
ब्राजिलको संसद्मा बोल्सोनारोलाई महाअभियोग लगाउन १०० भन्दा बढी प्रस्तावहरू दर्ता गरिएका छन् । तर, यसका नेताले ती प्रस्तावहरूलाई अघि बढाउन अस्वीकार गरेका छन् ।
बोल्सोनारो हालैको जनमत सर्वेक्षणमा पछाडि परिरहेका छन् । एटलस इन्स्टिट्युटले गरेको एक जनमत सर्वेक्षणअनुसार ६१ प्रतिशतभन्दा बढीले उनको सरकारको प्रदर्शन खराब वा धेरै खराब भएको बताएका छन् ।