काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

कांग्रेसको १५औं महाधिवेशनमा शेर्पाले आदिवासी जनजाति क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । निर्वाचित भएपछि शेर्पाले पार्टीभित्र आदिवासी जनजातिको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउँदै राज्यका विभिन्न तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न निरन्तर आवाज उठाउने बताए ।


ADVERTISEMENT

# #


शेर्पाले कांग्रेसलाई समावेशी, युवा तथा खेलमैत्री पार्टीका रूपमा थप सुदृढ बनाउन सक्दो प्रयत्न गर्ने प्रतिबद्धता पनि जनाएका छन् । खेल क्षेत्रमा लामो अनुभव बटुलेका शेर्पा नेपाली फुटबलका चर्चित नाम हुन्।