काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘फोनपे हिरोज’ कार्यक्रममा विकास बैंक समूहअन्तर्गत तीनवटा अवार्ड प्राप्त गरेको छ।
बैंकका अनुसार मोबाइल एपमार्फत सबैभन्दा धेरै रकम स्थानान्तरण, मोबाइल एपबाट सबैभन्दा धेरै क्यूआरमार्फत भुक्तानी तथा क्यूआर मर्चेन्टमार्फत सबैभन्दा धेरै कारोबार प्राप्त गरेको विधामा बैंक सम्मानित भएको हो।
बैंकले मोबाइल एपबाट रकम स्थानान्तरणमा उत्कृष्ट कारोबार, मोबाइल एपबाट क्यूआर भुक्तानीमा उत्कृष्ट कारोबार र क्यूआर मर्चेन्टमार्फत सबैभन्दा धेरै कारोबार प्राप्त गर्ने विधामा अवार्ड जितेको जनाएको छ।
डिजिटल भुक्तानी सेवाको प्रवर्द्धन तथा विस्तारमा बैंकले पुर्याएको योगदानको कदरस्वरूप प्राप्त अवार्डले डिजिटल बैंकिङ सेवाप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको बैंकको भनाइ छ।
यस उपलब्धिले आगामी दिनमा अझ सहज, सुरक्षित र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्न थप प्रेरणा मिल्ने विश्वास बैंकले लिएको छ।
बैंकले यस सफलतामा साथ र सहयोग पुर्याउने सम्पूर्ण ग्राहक, साझेदार संस्था तथा कर्मचारीप्रति आभार व्यक्त गरेको छ।



























