काठमाडौं – संसदीय सुनुवाई समितिले मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलका बिषयमा थप अध्ययन गर्ने भएको छ ।

बुधबार समिति बैठकमा प्रस्तवित राजदूत खरेलका बिषयमाथि बिभिन्न प्रश्न उठेपछि थप अध्ययन गरेपश्चात सुनुवाई प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो । बैठकमा समिति सदस्यहरुले आर्थिक चलखेल लगाएतका प्रश्न उठाउदै भन्दै थप अध्ययन गर्नुपर्ने बताएका थिए ।


ADVERTISEMENT

# #


रास्वपा संसदीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रस्तावित राजदूत खरेलका बिषयमा थप अध्ययन गरेर, आवश्यक परे थप सुनुवाईमा बोलाउन सकिने धारणा राखे ।

त्यस्तै नेकपा सांसद बर्षमान पुनले खरेलका बिषयमा धेरै बिषय उठेकाले थप छलफलको आवश्यकता देखिएको उल्लेख गरे ।


ADVERTISEMENT

#
#


त्यस्तै एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले समितिमा उजुरी नपर्दा पनि शंका गर्नुपर्ने धेरै तथ्यहरु सार्वजनिक भइसकेको अवस्थामा थप अध्ययन आवश्यक रहेको बताइन् ।

प्रस्तावित राजदूत खरेलले आफूमाथि लागेका सम्पूर्ण आरोपहरुमा कुनै सत्यता नरहेको बताएकी थिइन् । अनुचित कारोवारका कुनै पनि तथ्य प्रमाण भेटिए त्यसलाई पुष्टि गर्न उनले चूनौति दिइन् । उनले आफुले अनुदान मिलाइने भन्दै कसैसंग रकम नलिएको दावी गरिन् ।

सांसदहरुले थप अध्ययन गर्नुपर्ने माग राखेपछि समिति सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित राजदूत खरेलका बिषयमा थप अध्ययन गर्नुपर्ने भएको त्यसपछि मात्रै आवश्यक सुनुवाई प्रक्रिया अघि बढाइने बताए ।