नवलपरासी – नवलपरासी पश्चिमको सरावल गाउंपालिका –४ ललितपुरमा सामुदायिक स्वास्थ्य इकाई भवन शिलान्याश भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य इकाई भवनको नवलपरासी–२ का संघीय सांसद एबं नेपाली कांग्रेसा प्रभावशाली नेता देवेन्द्रराज कंडेलले सोमबार शिलान्याश गरेका हुन् ।


ADVERTISEMENT

# # #


भवन शिलान्यास कार्यक्रममा नेता कंडेलले स्थानीय तहहरुले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने सुझाएको स्वकीय सचिव कमल किशोर रायमाझीले बताए ।

भवन बनाउन गाउंपालिकाले चालु आर्थिक वर्षको वजेटमा २० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाका ७ वटा वडा मध्ये अन्य वडामा साविक ६ वटा गाउ विकास समितिका स्वास्थ्य चौकी रहेको तर वडा नं ४ मा नभएकाले सामुदायिक स्वास्थ्य इकाई भवन बनाउन लागि परेको वडा अध्यक्ष छोटेलाल यादवले बताए ।

सामुदायिक स्वास्थ्य इकाईबाट प्रसुति सेवा वाहेक स्वास्थ्य चौकीबाट उपलब्ध हुने सबै सेवा उपलब्ध हुने गाउंपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमनारायण देवकोटाले जानकारी दिए ।