काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो भागको छ वटै इजलास स्थगन गरेका छन् । प्रधानन्यायाधीश जबराले सोमबारका लागि ६ पेसी तोके पनि आफ्नो इजलास नराखेका हुन्। साथै उनले आज बन्दी प्रत्यक्षीकरणबोहकका मुद्दालाई पेसी तोकेका छैनन् ।
प्रधानन्यायाधीश जबराले आफूबाहेक १० जना न्यायाधीशलाई ६ वटा इजलास तोकेका छन् । न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ र हरि फुँयाल, आनन्दमोहन श्रेष्ठ र टंकबहादुर मोक्तान, अनिलकुमार सिन्हा र कुमार चुडाल, सपनाप्रधान मल्ल र मनोजकुमार शर्मालाई संयुक्त इजलास तोकिएको हो।
न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीलाई भने एकल इजलास तोकिएको छ। ६ वटा इजलासमा एक–एक वटा बन्दी प्रत्यक्षीकरणको मुद्दाको पेसी तोकिएको छ।
‘सम्मानजनक बहिर्गमन’को प्रस्ताव पठाएको भोलिपल्ट प्रधानन्यायाधीश जबराले आफ्नो इजलास नतोकेका हुन् । आइतबार साँझ मात्रै प्रधानन्यायाधीश जबराले ३ जना न्यायाधीशसमक्ष सम्मानजनक बहिर्गमनको प्रस्ताव पठाएका छन् ।
वर्तमान गठबन्धन सरकारमा ‘भाग’ खोजकोलगायत आरोप लागेपछि सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै इजलास बष्किार गरिरहेका छन्। तर पनि प्रधानन्यायाधीश जबराले आफ्नो इजलास जारी राखेका थिए। तर आज उनले आफ्नो इजलास नतोकेका हुन्।