काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।


ADVERTISEMENT

# #


सभाले सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै रोशन केसीलाई बैंकको अध्यक्षमा पुनः नियुक्त गरेको छ।

बुधबार पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफाबाट ३ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर गरी कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। उक्त लाभांशमा करसमेत समावेश छ।


ADVERTISEMENT

#
#


साधारण सभाले संस्थापक सेयरधनीका तर्फबाट रोशन केसी, मुकुन्द महत र कृति महतलाई निर्विरोध निर्वाचित गरेको छ। त्यस्तै, सर्वसाधारण सेयरधनीका तर्फबाट विश्वप्रकाश गौतम निर्विरोध निर्वाचित भएका छन्। त्यसपछि बसेको सञ्चालक समितिको बैठकले केसीलाई आगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा पुनः नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ।

बोनस सेयर वितरणपछि बैंकको साधारण चुक्ता पुँजी १२ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ। अग्राधिकार सेयरसमेत जोड्दा बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ४५ करोड रुपैयाँ पुग्ने जनाइएको छ।

बैंकले आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। उक्त अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ १७ पैसा कायम भएको थियो।

साधारण सभामा संस्थापक तथा सर्वसाधारण सेयरधनीहरूको उल्लेख्य सहभागिता रहेको बैंकले जनाएको छ।