काठमाडौं – सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८ घरधुरीलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण गरिसकेको छ।

विकास साझेदार ुविश्व खाद्य कार्यक्रमु ९डब्लुएफपी०ले उपलब्ध गराएको नगद सहयोगलाई दोहोरोपना नपर्ने गरी एकद्वार प्रणाली अपनाई उक्त रकम वितरण गरिएको हो। स्थानीय तहसॅगको समन्वय र सहकार्यमा स्थानीय तहले पहिचान गरेका प्रभावितलाई उक्त रकम वितरणको काम भइरहेको छ। रसुवाका ५, नुवाकोटका ४ र धादिंगका २ गरी कुल ११ वटा स्थानीय तहका बाढी पीडित घरपरिवारलाई उक्त रकम उपलब्ध गराइएको हो।


ADVERTISEMENT

# #


तथ्यांक प्रमाणीकरण गर्न बाँकी रहेका १४ सय जति घरधुरीलाई पनि तीन दिनभित्र रकम वितरण गरिसक्ने सरकारको तयारी छ।

यहि असोज २३ गते बसेको केन्द्रसहित तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमाण्ड पोष्टहरुको संयुक्त बैठकले विपद् प्रभावित घरधुरी ९लाभग्राही० पहिचान, प्रमाणीकरण तथा शीघ्र पुनर्लाभलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो।


ADVERTISEMENT

#
#


रेडक्रस लगायत अन्य विकास साझेदारहरुले पनि नगद सहयोग गर्न चाहेकाले विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ु अनुसार दोहोरो नपर्ने र कोही नछुट्ने गरी सरकारले सहायता उपलब्ध गराउन स्थानीय तह तथा अन्य सम्बद्ध निकायहरुलाई निर्देशन दिइसकेको छ।

बाढी प्रभावितहरूको दीर्घकालीन पुनर्स्थापना र व्यवस्थापनको लागि पनि तीव्ररुपमा काम भइरहेको छ।