काठमाडौं – बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

आज सुन प्रतितोला २ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।