काठमाडौँ – शिवम् सिमेन्ट लिमिटेडले पोखरासहित गण्डकी प्रदेशका विभिन्न १० स्थानमा ५ सय भन्दा बढी निर्माणकर्मीहरुसंगको निर्माण सम्बन्धी प्राविधिक अन्तरक्रिया कार्यक्रम गरेको छ ।


ADVERTISEMENT


सिमेन्टले निर्माणकर्मीहरुसँग परामर्श तथा उनीहरुको जोखिम बहन बीमा कार्यक्रमका साथै भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श समेत प्रदान गरेको हो । सहभागी निर्माणकर्मीहरुको लागि ५ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरी बीमा नीति सोही कार्यक्रम मार्फत हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT

# # #


अन्तरक्रिया कार्यक्रममा स्याङ्जा, लनहु, लमजुङ, गोरखा, बाग्लुङ लगायत जिल्लाका विभिन्न १० स्थानमा ५ सय बढी निर्माण कर्मीहरुको उपस्थिति रहेका थियो । उक्त कार्यक्रममा निर्माणकर्मीहरुलाई दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराईएको थियो ।

हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी १५ सय बढी निर्माणकर्मीहरुसंग अन्तक्रिया तथा उनीहरुको जोखिम बीमा सम्पन्न गरी सकेको छ । सोही अनुसार सिमेन्टले पहिलो चरण अन्तर्गत भाद्र तथा असोज महिनामा काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दा बढी निर्माणकर्मीहरुसँग प्राविधिक अन्तक्रिया र उनीहरुको जोखिम बीमा गराएको थियो ।

शिवम् सिमेन्टले निरन्तर रुपमा विक्रिपछिको निःशुल्क प्राविधिक सेवा समेत दिँदै आहिरहेको छ । निःशुल्क दक्ष प्राविधिक सेवा लिनको लागि टोल फ्रि.नं. नेपाल टेलिकमको १६६००१२३३२१ र एनसेलको ९८०१५७५५७५ मा सम्पर्क गर्न सकिने छ ।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपुर्ण कार्यहरु गर्दै आईरहेका हुन्छन उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो ।