काठमाडौं – लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन्।
बैंकको असोज २७ गते बसेको ३३०औँ सञ्चालक समिति बैठकले भट्टराईलाई कात्तिक १५ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। बैंकका कम्पनी सचिव पियूषराज अर्यालले उक्त जानकारी दिएका हुन्।
भट्टराई यसअघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। बैंकले उनलाई बढुवा गर्दै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो।

























