काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतगणनाको सम्पूर्ण परिणाम बिहीबार रातीसम्म सार्वजनिक हुने भएको छ ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले बिहीबार रातीसम्म सबै पदको मतपरिणाम आइसक्ने जानकारी दिए । कांग्रेस सभापति, उपसभापति, महामन्त्री, दलित सहमहामन्त्री, खुला सहमहामन्त्री, महिला सहमहामन्त्री, मुस्लिम सहमहामन्त्रीलगायतका पदहरूको नतिजा आइसकेको छ । नेपाल जनसम्पर्क समितिको र विभिन्न पेशागत समूहहरूको मतगणना पनि सम्पन्न भइसकेको उनले जानकारी दिए । उनले अघिल्लो महाधिवेशनको तुलनामा १५औँ महाधिवेशनको निर्वाचनको मतगणना निकै छिटो भएको उल्लेख गरे ।


ADVERTISEMENT

# #


महाधिवेशन अन्तर्गत सभापतिमा गगनकुमार थापा निर्वाचित भइसकेका छन् । त्यस्तै त्यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति महिलामा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छिन् । उपसभापति खुलामा डा चन्द्रकान्त भण्डारी र ई मधु आचार्य, समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका छन् ।

त्यस्तै महामन्त्री खुलामा प्रदीप पौडेल र उदयशमशेर राणा तथा महामन्त्री महिलामा डिला संग्रौला निर्वाचित भइसक्नुभएको छ । विभिन्न क्लस्टरका केन्द्रीय सदस्यहरूको अन्तिम मत परिणाम पनि सार्वजनिक भइसकेको छ । केही क्लस्टरका महामन्त्री र केन्द्रीय सदस्यहरूको मतगणना जारी छ ।


ADVERTISEMENT

#
#