काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेर ९३ हजार रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला ९३ हजार ३०० रुपैयाँ तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २३५ रुपैयाँतोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।