काठमाडौं – सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले सहकारी र तिनका सञ्चालकहरुलाई ऐन, नियम र आफ्ना सीमाहको अधिनमा रहेर काम गर्न चेतावनी दिएका छन् ।


ADVERTISEMENT


मंगलबार सहकारीमा देखिएको तरलता अभावको समस्या समाधानका उपायसम्बन्धी कार्यक्रममा बोल्दै रजिष्टार अधिकारले सहकारीको आफ्नै मूल्य र मान्यता रहेको बताएका हुन् । उनले सहकारीहरू बैंकका रुपमा संचालन हुन थालेको भन्दै असन्तुष्टि जनाएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘सहकारीको आफ्नो छुट्टै मूल्य, मान्यता र सिद्धान्त छ । आफ्नो सीमालाई ख्याल गर्नुहोस्, तपाईंहरु बैंक होइन ।’ सरकारले सहकारीलाई नियन्त्रण गरेको आरोप लगाएपछि जवाफमा रजिष्टार अधिकारीले सहकारी अभियानले आफ्नो दायित्व बिर्सिएको बताएका हुन् ।

विभाग सहकारीको समस्या समाधान गर्न सक्रिय भएको र यसमा हातेमाले गर्न उनले सहकारी संघ, महासंघलाई आग्रह गरे । कार्यक्रममा सहकारी सहकारीकर्मीहरूले सन्दर्भ ब्याज दर बढाउन आग्रह गरका थिए । जवाफमा रजिष्ट्रार अधिकारीले बजारको आधारमा ब्याज दर निर्धारण गर्ने प्रणाली बनाउन लागिपरेको जानकारी दिए ।