काठमाडौं – समृद्धि फाइनान्सले आज बजार प्रतिनिधिलाई तालिम प्रदान गरेको छ । बजार प्रतिनिधिहरुको ज्ञान, सीप र क्षमता अभिवृद्धि गरी कार्य प्रभावकारिता बढाउने उद्देश्यले यो तालिम सञ्चालन गरेको हो ।


ADVERTISEMENT


तालिम काठमाडौंको पुतलीसडकस्थित संस्थाको सभाकक्ष भएको थियो । तालिममा फाइनान्सका डिपोजिट प्रोडक्ट पेपरहरुका बारेमा जानकारी, आधारभूत सफ्ट स्किल र ग्राहक सम्बन्ध व्यवस्थापनसम्बन्धी विषयवस्तुहरु समावेश गरिएको थियो ।


ADVERTISEMENT

# # #


यो तालिमले बजार प्रतिनिधिहरुलाई कार्य गर्नमा थप उर्जा, उत्साह र उत्पे्ररणा प्रदान गर्ने व्यवसाय प्रवर्द्धन विभागका अधिकृत शालिकराम पन्थीले जानकारी दिए । समयसापेक्ष संस्थाले कर्मचारीहरुका लागि विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको छ।

राष्ट्रियस्तरको समृद्धि फाइनान्सले ५ वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ। फाइनान्सले मुद्दति निक्षेपमा सर्वाधिक १२.२५५ र बचत निक्षेपमा अधिकतम १०५ सहित आर्कषक व्याजदरसहितका विभिन्न बचत खाता सञ्चालनमा ल्याएको छ।