काठमाडौं – दसैंपछि नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७ सय रुपैयाँले घटेर २ लाख ७८ हजार ५ सय रुपैयाँमा झरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि नेपाली बजारमा पनि सुनको भाउ घटेको हो। यसअघि गत सोमबार सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी प्रतितोला २३० रुपैयाँले घटेर ३ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गत सोमबार चाँदी प्रतितोला ४ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो।
दसैंपछि सुनचाँदीको मूल्यमा आएको यो गिरावटले गहना खरिद गर्ने उपभोक्तालाई राहत दिन सक्ने देखिएको छ।



























