काठमाडौँ – निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाको मेयरका लागि नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ ।
स्थापितले सार्वजनिक कार्यक्रममा प्रश्नकर्तालाई दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण जनाउँदै आयोगले २४ घण्टाभित्र स्पष्ट पार्न भनेको छ । स्थापितले वैशाख १५ गते काठमाडौँको एक कलेजले गरेको अन्तक्रिया कार्यक्रममा स्थापितलाई यौन दुर्व्यवहारबारे सोधेको प्रश्नमा उनले प्रश्नकर्तालाई उत्तेजक अभिव्यक्ति दिएका थिए ।
उनले प्रश्नकर्ता युवतीलाई ‘ई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भनेका थिए । आयोगले यस विषयमा स्पष्ट पार्न उनलाई निर्देशन दिएको हो ,