काठमाडौं – बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार दिउँसो १ बजेर ६ मिनेटमा अरिगाउँलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।
भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस भएको वा नभएकोबारे पुष्टि भएको विवरण प्राप्त भएको छैन। भूकम्पबाट भएको सम्भावित क्षतिको विवरण पनि उपलब्ध छैन।

























