काठमाडौं – कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।


ADVERTISEMENT


अध्यक्षमा एमाले उम्मेदवार निर्मल राना ४५१६ मतले ल्याएर निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका मदनसेन वडायकले २८५८ मत प्राप्त गरे। वडायक २०७४ मा माओवादी केन्द्रबाट नै अध्यक्ष निर्वाचित भएका थिए।


ADVERTISEMENT

# # #


यस्तै, उपाध्यक्षमा पनि नेकपा एमालेका उम्मेदवार सपना चौधरी निर्वाचित भएकी छन्। उनले ३५६१ मत प्राप्त गरिन्। उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी राधा रानाले ३४९३ मत प्राप्त गरिन्।

यो गाउँपालिकामा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो भने कांग्रेस–एमाले एक्लाएक्लै लडेका थिए।

६ वटा रहेको यो गाउँपालिकामा ३ वडामा पनि एमाले प्यानलसहित विजयी भएको छ। २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडामा जितेको थियो।