काठमाडौं – अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहको जीवनमा नयाँ खुसी थपिएको छ । लामो समयको प्रेम सम्बन्धपछि विवाह गरेका सविन र अनु पहिलोपटक अभिभावक बनेका छन् ।
अनुले मंगलबार मध्यान्ह शिशुलाई जन्म दिएकी हुन् । आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अभिनेता सविन श्रेष्ठले जानकारी दिएका छन् ।पहिलोपटक बुवा बनेपछि सविनले खुसी व्यक्त गर्दै आफू निकै उत्साहित रहेको बताएका छन् ।
सविन र अनुले लामो समय प्रेम सम्बन्धमा रहेपछि केही वर्षअघि विवाह गरेका थिए । चलचित्र क्षेत्रमा सक्रिय यी दुवै कलाकारले आफ्नो व्यक्तिगत जीवनलाई तुलनात्मक रूपमा निजी राख्दै आएका छन् ।
यता, सविन अभिनित चलचित्र ‘आबाट आमा २’ आगामी ३० असोजमा प्रदर्शनको तयारीमा छ । चलचित्र प्रदर्शनको तयारी भइरहेका बेला सविनको परिवारमा आएको यो खुसीले उनको व्यक्तिगत जीवनमा समेत नयाँ अध्याय थपिएको छ ।





