काठमाडौं – ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

कुनै अवरोध नआए निर्माण कार्य एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको ललितपुर महानगरपालिकाले जनाएको छ । उक्त सडकखण्डमा सडक पार गर्ने क्रममा अकास्मात दुर्घटनामा परी १९ जना मानिसले ज्यान गुमाइसकेकाले स्थानीय वडावासी र नगरवासीहरूको विशेष अनुरोधमा कुसुन्तीमा लिफ्टसहितको आकाशे पुलको निर्माण गरिएको ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले जनकारी दिए ।


ADVERTISEMENT

# #


पुल पार गर्नका लागि हिँड्न सक्नेहरूका लागि भ¥याङको व्यवस्था गरिएको छ भने हिँड्न नसक्ने वा ह्वीलचियर प्रयोग गर्ने अपाङ्गता भएका व्यक्तिहरुका लागि आकाशे पुलको दुवैतिर लिफ्टको व्यवस्था गरिएको उनले बताए ।

उनले यसको अनुमानित लागत करिब ५ करोड २० लाख रुपैयाँको हाराहारीमा रहेको उल्लेख गरे । अपाङ्गमैत्री क्रसिङ पुल निर्माण भएपछि यस क्षेत्रमा हुने सडक दुर्घटनाहरू पूर्ण रूपमा राकिने महानगरको विश्वास छ ।


ADVERTISEMENT

#
#