काठमाडौँ– कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्चमा अटोमेशन कार्यान्वयन हुने बताएका छन् ।
नेपाल कानून व्यवसायी परिषदले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा कार्कीले अटोमेशनमा जानका लागि प्रक्रिया शुरु भइसकेको र बजेटको पार्टमा फुल कोर्टले पनि पास गरिसकेको भन्दै छिट्टै कार्यान्वयन हुने बताएका हुन् ।
अटोमेशनको कार्यान्वयन नहुँदासम्म गोला प्रक्रियाबाट नै मुद्दा हेर्ने भएको हुनाले अरु कुरामा विचार गर्न सक्ने पक्षमा नरहेको उनको धारणा छ । कार्कीले आफु नेतृत्वमा आउँदा मुद्दाको फर्छ्यौट बढेको र न्यायपालीकाको सुधार हुदै गएको दाबी गरे । न्यायपालिकालाई समृद्ध रुपमा अगाडि बढाउनका लागि पैतिवद्ध रहेको उनको भनाई छ ।
न्यायपालीकाको सुधारका लागि सरोकारवाला सवैको सहयोग आवश्यक पर्ने उनको धारणा छ ।