काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले अछामका विनोद शाहीको हत्या घटनाको छानविन गरि दोषिलाई कारवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा अछामका नेकपा एमालेका सांसद यज्ञ बोगटीले शाहीको हत्या घटनामा दुई साता बितिसक्दा पनि दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाई गरिएको भन्दै ध्यानाकर्र्षण गराएपछि सभामुख सापकोटाले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका हुन् ।
सांसद साहीले उक्त राजनीतिकरण भएको आरोप लगाए । अछाम प्रशासनले हत्याका अभियुक्तलाई कानुनी दायरामा ल्याउन सभामुखमार्फत उनले सरकारको ध्यानाकर्षण गराए० । गृहमन्त्रीले दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएपछि जाहेरी दर्ता नभएको बोगटीले बताए ।
अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का १६ वर्षीय विनोद शाहीको जेठ २१ गते बिहान घर नजिकैको भिरमा शव फेला परेको थियो । मृतक किशोरका आफन्तले हत्या भएको आरोप लगाउदै आएका छन् ।