ललितपुर – ललितपुरको पुल्चोकस्थीत अक्षेश्वर महाविहारमा शाक्यमुनि बुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन पुल्चोकस्थित महाविहारले सो धातु सर्वसाधारणको दर्शनका लागि सोही परिसरमा राख्ने गर्छ । बुद्धको अन्त्येष्टिका क्रममा रहेका अवशेष बौद्ध धर्मावलम्बीका लागि पवित्र मानिन्छ । सन् १९९६ मा श्रीलङ्काबाट सो धातु उक्त विहारमा ल्याइएको थियो । त्यसपछि निरन्तर वर्षमा एक पटक आश्विन शुक्ल पूर्णिमाका दिन प्रदर्शन गरिन्छ ।


ADVERTISEMENT

# #


अस्थिधातु दर्शनका लागि बौद्ध धर्मावलम्बीहरु अक्षेश्वर महाविहार पुग्ने गर्दछन् ।