काठमाण्डौं-मुस्ताङबाट प्रतिनिधिसभाका लागि एमालेका उम्मदेवार प्रेमप्रसाद तुलाचन निर्वाचित भएका छन् ।
३ हजार ५ सय ४४ मत प्राप्त गर्दै उनी बिजयी बनेका हुन ।
निकटतम प्रतिद्वन्द्वी रोमी गौचन थकालीले ३ हजार १ सय ८१ मत प्राप्त गरे ।
खसेको मतमा ४८ मत बदर भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।