काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढ्दा चाँदीको मूल्य २५ रुपैयाँले घटेको हो।

सोमबार प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार बढेर २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ। त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम २ लाख ४२ हजार २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


ADVERTISEMENT

# #


अर्कोतर्फ, चाँदीको मूल्यमा भने गिरावट आएको छ। सोमबार प्रतितोला ३ हजार ९९५ रुपैयाँ रहेको चाँदी मंगलबार घटेर ३ हजार ९७० रुपैयाँमा झरेको छ। चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ४०४ रुपैयाँ कायम भएको छ।

सुनको मूल्यमा सामान्य वृद्धि भए पनि चाँदी सस्तिएपछि मंगलबार बहुमूल्य धातुको बजारमा मिश्रित अवस्था देखिएको छ।


ADVERTISEMENT

#
#