प्रोस्टेट भन्नाले लिंग, प्रोस्टेट, सेमिनल वेसीकल्स एवम् अण्डकोषलगायतको पुरुष प्रजजन प्रणालीको एक भाग भन्ने बुझिन्छ । मुत्राशयको ठीक तल र मलाशयको अगाडि रहने यस भाग मुत्रमार्ग वरपर रहन्छ । र, विभिन्न कारणवश् यसै अंगमा देखापर्ने संक्रमणलाई एवम् समस्यालाई नै चिकित्सा क्षेत्रअन्तर्गत ‘बिनाई इन्लार्जमेन्ट अफ प्रोस्टेट’ भनिन्छ ।


ADVERTISEMENT


बढ्दो उमेरमा व्यक्तिको प्रोस्टेट ग्रन्थीको आकारमा पनि स्वतःवृद्धि हुन थाल्दछ । र, यो स्वभाविक प्रक्रिया पनि हो। तर, कतिपयमा भने सोहि ग्रन्थी आवश्यकभन्दा बढि बढ्न गई त्यसले व्यक्तिमा अनावश्यक पीडा उत्पन्न गराउँछ । र, त्यस्ता व्यक्तिको हकमा भने व्यक्तिले उक्त समस्या रोकथामका लागि आवश्यक उपचार गराउनुपर्दछ ।


ADVERTISEMENT

# # #


लक्षणहरु

–मुत्रको धार सानो हुनु
–छिनछिनमा पिसाब लाग्नु
–पिसाब गरिसकेपछि पनि बाँकी रहेको अथवा पिसा ननिख्रेको जस्तो हुुनु
–रातको समयमा पिसाब धेरै लाग्नु पिसाब लाग्दा हतार हुनु
–पिसाब तथा वीर्यमा रगत देखिनु
–पिसाब गर्दा वा स्खलनन हुदाँ पिडा हुनु ।
–र, पिसाब चुहिनु ।

जोखिम बढाउने कारक तत्व

व्यक्तिमा प्रोस्टेटका समस्या किन देखापर्छ भन्ने कुराको हालसम्म निश्चित कुनै ठोस कारण पत्ता लाग्न सकेको छैन । यद्यपि यसको जोखिमलाई तलका निम्न पक्षहरुले थप बढावा दिइएको पाइन्छ :
–बढ्दो उमेर
–कालो वर्णका समूह
–आणुवंशिक
–र, मोटोपन ।

उपचार

कतिपय अवस्थामा प्रोस्टेटका समस्या यसका लक्षणहरु मार्फत नै अनुमान गर्न सकिन्छ । तर, यसको निश्चितता एवम् प्रोस्टेट ग्रन्थी कत्तिको बढेको छरु र यसका लागि व्यक्तिमा के–कस्ता थप उपचार तथा शल्यक्रियाको आवश्यक पर्छ भन्ने बारे स्पष्ट हुनका लागि पनि एकपटक भिडियो एक्स–रे गराउनु उपयुक्त रहन्छ ।

यस्तै, प्रोस्टेट ग्रन्थी बढेका सबै व्यक्तिलाई शल्यक्रियाको आवश्यकता हुन्छ नै भन्ने हुदैँन । कुनै पनि बिरामीमा प्रोस्टेटको समस्या पहिचान भइसकेपछि बिरामीको अवस्था अनुरुप सबैभन्दा पहिले निश्चित समयका लागि आवश्यक औषधिको सल्लाह दिइन्छ ।

औषधिको सेवनपछि मात्रै पनि अधिकांश व्यक्तिमा यस्ता समस्या निको भएर जान्छ । तर, कुनै पनि व्यक्तिमा माथि उल्लेखित समस्याहरु देखा परी त्यसले उनीहरुमा असहज महशुसका साथै अत्यन्तै पिडा उपत्पन्न गराई दैनिकीमा समेत असर पु¥याएको र औषधिले समेत सो समस्या क मगर्न नसकेको खण्डमा मात्रै त्यस्ता व्यक्तिको भने समस्याको प्रकृति अनुसार, मेडिकल अथवा सर्जिकल थेरापी आवश्यक रहन्छ ।

शल्यक्रियामा प्रविधिको विकास 

वर्तमान समय विज्ञान एवम् प्रविधिको विकास भइसकेको समाज हो । यसै क्रममा मेडिकल क्षेत्रमा पनि यसको प्रभाव उत्तिकै समान रुपमा परेको पाइन्छ । फलस्वरुपः प्रोस्टेटको शल्यक्रियाको सन्दर्भमा पनि शल्यक्रियाको निम्ति शरीरका भागहरु चिरफर नगरी दुरबिनको सहायताबाट नै गर्न सकिन्छ । मिनी पिसिएनएल विधिबाट गरिने लाइभ सर्जरी भनिने यस्तो शल्यक्रियाको दौरानमा बिरामी स्वयम्ले पनि आफ्नो शल्यक्रिया आफैँ हेर्न सक्छन् ।

आधुनिक प्रविधिमा विप्लार टर्प(TURP) अथवा लेजरबाट पनि गर्न सकिन्छ । यस प्रविधिका फाइदाहरु निम्न रहेका छन्ः

–बिरामीको कम्मरमुनिको भाग मात्रै बेहोश गरी शल्यक्रिया गर्न सकिनु
–शरीरमा कुनै पनि दुखाई तथा चिरफारको आवश्यकता नपर्नु
–अस्पतालको बसाई अवधि छोटो रहनु
–अधिकांशलाई थप रगतको आवश्यकता नपर्नु
–र, शल्यक्रियापछि पिसाब चुहिने समस्याको सम्भावना अत्यन्त न्युन रहनु ।