काठमाडौँ – सरकारले नागरिकता विधेयक स्वीकृत भएपछि मात्रै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्ने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अब बस्ने मन्त्रिपरिषद् बैठकबाटै निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेका थिए । तर, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन पर्खिन भनेका छन् ।
बिहीबार काठमाडौंमा प्रेस सेन्टरको नेतृत्वसँगको छलफलका क्रममा प्रचण्डले प्रधानमन्त्री देउवालाई नागरिकता विधेयक पारित भएपछि मात्रै निर्वाचनको मिति घोषणा गर्न भनेको बताएका हुन् ।
उनले भने, ‘शेरबहादुर देउवाजीले हिजो मलाई फोन गरेर आज चुनावको मिति घोषणा गर्ने कुरा गर्नुभएको थियो । मैले नागरिकता विधेयक पारित गरेर मात्रै चुनावको मिति घोषणा गर्नु उपयुक्त हुन्छ, पर्खिनोस् भनेको छु ।’
संसदका दुवै सदनबाट बहुमतले पारित भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत हुन बाँकी छ । सत्तारुढ दलकै सांसदहरुले विधेयकमा भएका केही प्रावधानहरुमा विरोध गर्नुका साथै सर्वसाधारणाबाट समेतआलोचना भइरहेको छ ।
विधेयकमा विवाद उपन्न भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले समेत चासो व्यक्त गरेकी छन् ।