सिन्धुपाल्चोक – सभामुख अग्निप्रसाद सापकोटाले वर्षे अधिवेशनले गति लिइरहेको बताएका छन् । चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित चौतारा बहुमुखी क्याम्पसमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनःस्थापित सदनबाट नै विभिन्न विधेयक पारित हुँदै समस्याको सामाधन निस्केको उल्लेख गरे ।
सभामुख सापकोटाले एघारौँ अधिवेशनबाट दुई दर्जनभन्दा बढी विधेयक पारित भएको बताए । आफ्नो दुई कार्यकालमा कोरोना, जलवायु परिवर्तनका कारण परेका विपत्ति तथा दुई पटक संसद् विघटन भएका कारण अदालत जानुपर्ने अवस्था परेकाले पूर्ण रुपमा सभामुखको रुपमा परख परीक्षण हुन नपाएको उनले बताए।
सभामुख सापकोटाले दर्शन, विचारमा मन्थन कम हुन थालेको भन्दै चिन्ता व्यक्त गरे । उनले शिक्षाले मानिसको दिमागलाई तालिम दिने भन्दै नयाँ पुस्ताले विज्ञान प्रविधिलाई अझ धेरै बुझ्नुपर्नेमा जोड दिए । रासस