काठमाडौं – “नेपाल मर्चेन्ट बैँकर संघको संयोजकत्वमा स्वच्छ जीवनशैलीको लागि संगसगै भन्ने नारासहित पहिलो पटक “एमबान स्पोर्ट्स मिट २०२२” आयोजना हुने भएको छ ।
संघका अनुसार यस अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गरिने छ । उक्त प्रतियोगितामा नेपाल मर्चेन्ट बैँकर संघका सदस्य संस्थाहरु साथै नियमक निकाय तथा अन्य सरोकारवाला निकायहरु समेत सहभागी हुन गईरहेका छन् ।
उक्त प्रतियोगितामा फुटसल, टेबल टेनिस र ब्याटमिण्टनलाई विभिन्न बिधामा समावेश गरिएको छ । उक्त प्रतियोगितामा पुरुष तथा महिला बिधामा टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्पर्धाहरु हुनेछ भने पुरुष बिधामा फुटसल प्रतिस्पर्धा समेत हुनेछ र सम्पूर्ण प्रतियोगिताहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमहरुको अधिनमा रहि संचालन हुनेछन् ।
सो कार्यक्रमको उद्घाटन सहित टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्र्पधाहरु यहि मिति २०७९ भाद्र १७ र १८ गतेका दिन भत्केको पुल अवस्थित धनवन्तरी फुटसलमा हुनेछन् भने फुटसलका प्रतिस्पर्धाहरु प्रतियोगिता समापन सहित मिति २०७९ भाद्र २४ र २५ गतेका दिन चन्डोैल अवस्थित ढुकु फुटसल हवमा आयोजना हुनेछन् ।