काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदको पद छाड्ने घोषणा गरेका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा बसेको पार्टीको विस्तारित बैठकमा बोेल्दै लिङ्देनले मंसिर ४ गते निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा नयाँ प्रतिनिधिले सपथ नलिएसम्म अहिलको संसदको आयु बढाउन खोजिएको भन्दै अव संसदबाट तलवभत्ता नलिने गरी सांसदको पद छाड्ने घोषणा गरेका हुन् । संसदको चुनाव घोषणा भइसकेपछि संसद भंग हुनुपर्ने र सरकार कामचलाउन हुने मान्यता राप्रपाको रहेको भन्दै संसदको आयू लम्वाउने काममा राप्रपाको समर्थन हुनै नसक्ने उनले बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै लिङ्देनले लामो समय ठूला भनिएका राजनीतिक दलले मुलुकलाई बन्धक बनाएकाले अवको निर्वाचनमा जनताले नयाँ विकल्पका लागि राप्रपालाई रोज्ने दाबी गरे । । उहाले नेपालको राजनीतिक भविष्यका लागि समेत अवको निर्वाचन निकै महत्वपूर्ण रहेको धारणा राखे । आगामी निर्वाचनमा समानुपातिक तर्फ राप्रपाले अधिक मत ल्याउने भन्दै प्रत्यक्षमा धेरै भन्दा धेरै सिट जित्नेगरि तयारी गर्न उहाले नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

उहाले कागजमा मात्रै पार्टीलाई ठूलो बनाउने काम नगर्न आग्रह गरे ।