काठमाडौँ – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपालले भारतलाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोलले पराजित गरेको हो ।


ADVERTISEMENT


यसअघि भुटानसँगको जितबाट नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेको नेपाल भारतविरुद्धको जितसँगै समूह ‘बी’को विजेता बनेको छ । नेपालको लागि सरोज दर्लामीले ४५ मिनेटमा गोल गर्दै भारतसँग १–१ गोलको बराबरीमा पुर्याए । यस्तै ४९ मिनेटमा उनेश बुढाथोकी र ६८ मिनेटमा सुवास बमले गोल गरेपछि नेपालले जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


नेपालले सेमिफाइनलमा सोमबार श्रीलंका र माल्दिभ्समध्ये एउटा एक टिमसँग खेल्नेछ। नेपालले सेमिफाइनलमा जित हात पारे बुधबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।