काठमाडौँ – भक्तपुरको मध्यपुर ठिमी–९ राधेराधेस्थित इजी वे ट्रायल सेन्टरका संचालक जोन भनिने निर्भयबाबु प्रसाईं पक्राउ परेका छन् । ‘जोन’का नामले समेत चिनिने उनलाई प्रहरीले केही दिन पहिले चेकबाउन्सको मुद्दामा पक्राउ गरेको हो ।
भक्तपुर प्रहरीका अनुसार प्रसाईलाई ४० लाख रुपैयाँको चेक बाउन्स गरेको आरोपमा पक्राउ गरेको हो । प्रसाईमाथि विदेशमा बस्ने नेपालीहरुसँग दुई लाख रुपैयाँसम्म लिएर लाईसेन्स बनाइदिनेदेखि मिटरब्याजमा सर्वसाधरणलाई ठग्ने गरेको समेत आरोप लाग्दै आएको छ ।
उनी सञ्चालक रहेको इजी वे ट्रायल सेन्टरबाट प्रहरीले भदौ २३ गते मात्रै नक्कली नागरिकता र प्रवेशपत्र बनाएर अरुको नाममा लाइसेन्स ट्रायल दिने ५ जनालाई पक्राउ गरेको थियो । उक्त ट्रायल सेन्टरले पटकपटक नक्क्ली विद्यार्थी खडा गरेर अरुको नाममा लाइसेन्सको परीक्षा दिने धन्धा सञ्चालन गर्दै आएको छ ।
ड्राइभिङ सेन्टरको नाममा जोनले कालो धन्धा सञ्चालन गर्दै आएको आरोप लाग्ने गरेको छ ।