काठमाडौं – आगामी मंसिर ४ मा हुने आ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारको सूची तयार गर्न ठूला दलहरू चटारोमा छन्।


ADVERTISEMENT


निर्वाचन आयोग नेपालले असोज २ र ३ गतेभित्र समानुपातिकको बन्द सूची पेस गर्ने समयसीमा तोकेसँगै उनीहरूलाई समानुपातिक उम्मेदवारको सूची बनाउन चटारो भएको हो।


ADVERTISEMENT

# # #


दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची तयार पार्नुअघि उम्मेदवार छनोटको मापदण्ड बनाएर व्यवस्थापनमा सहजीकरण गर्ने प्रयत्नमा छन्।

यद्यपि जिल्ला क्षेत्र र प्रदेशबाट सिफारिस भएर आएका उम्मेदवारहरूको सूची निकै लामो भएपछि दलहरूलाई उम्मेदवार छनोटमा सकस परेको छ ।  नेपाल समाचारपत्र दैनिकबाट ।