काठमाडौं – हिमालयन बैंक लिमिटेड र ट्राभल राइट प्रालि (भिस्तारा एयरलाइन्स) बीच आज मिति २०७९ साल १३ गते एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता अनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बैंकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भीसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डबाहकहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाडौंमा प्रायोरिटि चेक इन  सुबिधा प्रदान गर्ने भएको छ ।


ADVERTISEMENT


यस सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक  उज्जल राजभण्डारी र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीरज रिमालले बैंकका अन्य कर्मचारीहरुको उपस्थितिमा हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


हाल बैंकले नेपाल भरि फैलिएको कूल ७४ शाखा, ५ विस्तारित काउन्टर, १५४ एटीएम र ६,००० भन्दा बढी पोस टर्मिनलसबाट  सेवा प्रदान गर्दै आएको छ ।

विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु जस्तै अमेरिकन एक्सप्रेस, मास्टरकाड, भीसा, युनियन पे, जेसिबी, डाइनरस् डिस्कभर, आदि आफ्नो नेटवर्कमा स्वीकार गर्ने हिमालयन बैंक नेपालको एक मात्र बैंक हो । यसै गरी भिस्तारा एयरलाइन्स भारत भित्र तथा बाहिर गरी ३९ गन्तव्यहरुमा आफ्ना ५० वटा वायुयानहरु बाट दैनिक २५० भन्दा बढी उडानहरु संचालन गर्दै आएको छ ।