काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब देशको विकास गर्ने वागडोर युवा हुनुपर्ने बताएका छन् । मंगलबार नागरिक समाजले ललितपुर–३ भैसेपाटीमा आयोजना गरेको पदयात्रामा सहभागी भएका ओलीले सो धारणा व्यक्त गरेका हुन् ।
ललितपुर क्षेत्र नं ३ मा एमाले प्रतिनिधि सभाका उम्मेदवार अमृत खड्का र प्रदेश ३ (२) प्रेमभक्त महर्जनसहित नागरिक समाज र बुद्धिजीविको पदयात्रामा ओली पनि सहभागी भएका हुन् ।
पदयात्राका क्रममा ललितपुर क्षेत्र नं ३ प्रतिनिधि सभाका उम्मेदवार अमृत खड्काले भने जनतको वास्तविक समस्यालाई बुझ्दै विकासको योजनालाई अघि बढाउने बताए ।
त्यस्तै, आउँदो मंसिर ४ गतेपछि मुलुकमा एमालेको सरकार आउने सोही क्षेत्रका प्रदेश सभाका उम्मेदवार प्रेमभक्त महर्जनको दावी छ ।